ब्रदर ब्राण्डका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानरसहित कलंकीमा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम जारी

ब्रदर ब्राण्डका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानरसहित कलंकीमा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम जारी

केन्द्रबिन्दु
294
Shares

कलंकीस्थित बेलियो एक्सपिरियन्स सेन्टरमा ब्रदर ब्राण्डका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानरसहित ‘मिट एन्ड ग्रिट’ कार्यक्रम जारी रहेको छ । १५ वर्षदेखि नेपालका लागि ब्रदरको आधिकारिक वितरकको रूपमा रहेको सागर ग्रुपले विश्व प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपाली बजारमा व्यावसायिक प्रयोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानरहरु ल्याएको हो ।

सागर ग्रुपका कार्यकारी निर्देशक प्रकाश भण्डारीका अनुसार ८ देखि १२ फेब्रअरीसम्म चल्ने उक्त कार्यक्रममा सहभागीले सम्पूर्ण उत्पादन तथा सोलुसन प्रत्यक्ष रूपमा हेर्न, विज्ञहरूसँग अन्तरक्रिया गर्नुका साथै विशेष छुट तथा अफरहरु प्राप्त गर्न सक्नेछन् । उनले बेलियो सेन्टरमा आएर ब्रदरका पछिल्ला नवीनतम् प्रिन्टर हेर्न मात्र नभएर अनुभव समेत गर्न सकिने बताए ।

डिलरहरुलाई विशेष ग्राह्यताका साथ हेरिएको ५ दिने कार्यक्रममा अत्याधुनिक प्रिन्टरहरु बाहेक गेमिङ चियर र गेमिङसँग सम्बन्धित अन्य विभिन्न सामानहरु आकर्षक छुटका साथ खरिद गर्न सकिन्छ । कार्यक्रममा भाग्यशाली सहभागीले मेगा गिफ्ट ह्याम्परको रूपमा एक्स त्याब ल्यापटप प्राप्त गर्नेछन् ।

Logo