बनेपामा टीभीएसको नयाँ शोरूम

बनेपामा टीभीएसको नयाँ शोरूम

केन्द्रबिन्दु
56
Shares

बनेपा । निर्वेद मोटर्स प्राइभेट लिमिटेडले काभ्रेको बनेपामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । श्रावण ६ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा काभ्रे उद्योग वाणिज्य संघको अध्यक्ष प्रताप वैध्यले रिबन काटेर गरेका थिए । 

निर्वेद  मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ ।  जसमा विभिन्न  टीभीएस मोडेलहरू उपलब्ध कम्पनीले जनाएको छ । त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ। बनेपामामा टीभीएस उत्साहीहरूलाई उच्चस्तरका उत्पादन र सेवाहरू उपलब्ध  गराउने प्रतिबद्धता निर्वेद  मोटर्सका सञ्चालक रुपेश श्रेष्ठले  जानकारी दिए । 

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

Logo