अविरल वर्षासँगै खसेको पहिराेले गल्छी–रसुवागढी सडक अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिराेले गल्छी–रसुवागढी सडक अवरुद्ध

केन्द्रबिन्दु
42
Shares

त्रिशूली(नुवाकोट)। अविरल वर्षासँगै खसेको पहिराेले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।

दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने उनले बताए।

Logo