प्रहरीका २९ कर्मचारी सम्पर्कविहीन

प्रहरीका २९ कर्मचारी सम्पर्कविहीन

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले २९ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरेको छ ।

कार्यालयको आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएले सूचना प्रकाशित गरिएको जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

Logo