पाल्पाली सेवा समाज दोहाले खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्ने

पाल्पाली सेवा समाज दोहाले खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्ने

केन्द्रबिन्दु
0
Shares

ईस्लाम धर्मको महान पर्व ईदको अवशरमा पाल्पाली सेवा समाज कतारले भब्य खेलकुद एबम सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । यसपटकको भलिबल प्रतियोगीतामा जिल्ला संस्थाहरुलाई मैत्रीपुर्ण प्रतिष्पर्धामा उतारिने कुरा आयोजक संस्थाले जानकारी गराएको छ ।

सन् २००७ मा स्थापना भई प्रवासिएका पाल्पालीहरुलाई एकताबद्द गराउदै समाजसेवामा सकृय हुदै आएको पाल्पाली सेवा समाजले पाल्पा जिल्लामा निकै उदाहरणीय कामहरु गर्दै आइरहेको छ । गरिब तथा जेहेन्दार बिद्यार्थी हरुलाई छात्रवृत्तिको ब्यबस्था, निशुल्क पोशाक वितरण साथै दृष्टिबिहिन बिद्यार्थीहरुको लागि छात्रवृत्ति अक्षयकोषको समेत स्थापना गर्दै बिद्यार्थीहरुलाई पठन पाठनमा सहयोग गर्दै आइरहेको पाल्पाली सेवा समाजले अन्य धेरै सामाजीक कामहरु गर्दै आईरहेको छ ।

जिल्ला संस्थाहरु बिचमा समन्वय गर्दै भाइचारालाई संस्थागत गर्नको लागि पनि यो कार्यक्रम महत्वपुर्ण रहेको कुरा संस्थाका अध्यक्ष ईश्वर काफ्ले पाल्पालीले बताए । लगातार तीन दिन चल्ने कार्यक्रममा खेलकुद संगै  सास्कृतिक कार्यक्रम पनि रहनेछ । आयोजकले जनाए अनुसार नेपालबाट ख्यातिप्राप्त राष्ट्रिय कलाकार हरुलाई आमन्त्रित गरिसकिएको छ ।

Logo