काठमाडौँ

उच्च हिमाली क्षेत्रको आरोहण यसै पनि जोखिमपूर्ण हुन्छ । त्यसमाथि आरोहणमा जाँदा प्रयोग गरिने अक्सिजन गुणस्तरहीन भइदियो भने अवस्था कस्तो होला ? तर यहाँ यस्तै भइरहेको छ । "/>

हिमाल चढ्न प्रयोग हुने अक्सिजन नै गुणस्तरहीन

हिमाल चढ्न प्रयोग हुने अक्सिजन नै गुणस्तरहीन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

उच्च हिमाली क्षेत्रको आरोहण यसै पनि जोखिमपूर्ण हुन्छ । त्यसमाथि आरोहणमा जाँदा प्रयोग गरिने अक्सिजन गुणस्तरहीन भइदियो भने अवस्था कस्तो होला ? तर यहाँ यस्तै भइरहेको छ । हिमाल आरोहरणमा जाँदा प्रयोग गरिने अक्सिजन बिक्रीवितरणमा ठगी गर्ने गरेको पाइएको छ ।

उचाइमा लाग्ने ‘लिक्विड अक्सिजन’को सट्टा कम गुणस्तरका मेडिकल अक्सिजन प्रयोग गर्दै आरोहीसँग अधिक मूल्य लिइँदै आएको छ । मापदण्डबिना अक्सिजन कारोबार गर्ने कम्पनीसँग मिलेर ट्रेकिङ कम्पनीले आरोहीलाई लिक्विड अक्सिजनको सट्टा मेडिकल अक्सिजन सिलिन्डर प्रयोग गर्न लगाउने गरेको पाइएको छ ।

गुणस्तरहीन अक्सिजन प्रयोग गरी आरोहीसँग ट्रेकिङ कम्पनीहरूले चार देखि पाँच सय डलर सम्म असुल गर्दै आएका छन् । मेडिकलमा पाइने सामान्य अक्सिजन हिमालमा प्रयोग गरिने लिक्विड अक्सिजनको बोतलमा भरेर ठगी गर्ने गरेको पाइएको हो । हिमालमा प्रयोग हुने लिक्विड अक्सिजनको ड्यू पोइन्ट मोइस्चर माइनस ६० डिग्री हुनुपर्छ । त्यो मेडिकल अक्सिजनमा नपाइने लिक्विड अक्सिजन व्यवसायी एवं एसडी ग्यासका प्रमुख डा. दिवश अमात्यले बताए । ‘हिमालको बाहिरी तापक्रम पनि चिसो हुँदा सिलिन्डरमा प्रेसर बढी भएर सीमित मात्रामा काम दिने भएका कारण आरोहीको जीवन माथि नै एजेन्सीहरूले खेलवाड गर्दै आएका छन्’, एक आरोहीले नाम नबताउने सर्तमा भने । ६० प्रतिशत भन्दा बढी गुणस्तरहीन अक्सिजन प्रयोग गरेर ठगी हुने गरेको उनको दाबी छ । गुणस्तर नभएपछि अक्सिजनले ‘क्याम्प २’ भन्दा माथि कामै नदिने गरेको उनको आरोप छ ।

यस्तै विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक वर्ष मा १५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यस अघि २ करोड रुपियाँ छुट्याइएकामा यस वर्ष बजेटको दायरा सरकारले फराकिलो बनाएको नापी विभागले जनाएको छ । विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जन बढी प्राविधिक टोलीले लेभलिङको कामलाई अघि बढाएको बताए ।
अन्नपूर्णबाट

Logo