दोलखा

हरियो जस्ताले छाएका एकै रङ्गका छानाले गाउँको सौन्दर्यतामा निखार थपिदिएको छ । "/>

भूकम्पले थला परेको यार्सा यसरी उठ्यो

भूकम्पले थला परेको यार्सा यसरी उठ्यो

केन्द्रबिन्दु
0
Shares

दोलखा

हरियो जस्ताले छाएका एकै रङ्गका छानाले गाउँको सौन्दर्यतामा निखार थपिदिएको छ । वारीबाटै रङ्गीन जस्ताले सुन्दर देखिने यो बस्तीमै टेकेपछि भने अझ फरक अनुभुती हुन्छ । एउटै छानो, गाउँकै माटो र सिप प्रयोग गरेर निकालिएको ईट्टाका उस्तै गाह्रो, एकै प्रकृतिका झ्याल ढोका, भुगोलको बनावट अनुसार लहरै मिलेर बनेको समान डिजाईनका घर, प्राय घर अगाडि फराकिलो आंगन । घरहरु जति बनेका छन प्राय सबै सडकका दायाँ बायाँ र छेउमै छन् ।

चिटिक्कका घरहरुले सजाईएको यो बस्ती बाहिरबाट मात्र सुन्दर छैन् । घरभित्र पसेपछि शहर बजारका आधुनिक डिजाईनको झल्को आउँछ । घरभित्रै व्यवस्थित शौचालय र बाथरुम, भान्सा कोठा, अनि उज्यालो खालका तीन वटा कोठा छन् । परिवार संख्या धेरै भएकालाई ४ ओटा कोठा तयार पारिएका छन् । ‘निर्माण शुरु गर्दा यो बस्ती यस्तो बन्ला भनेर सोचेकै थिएनौं’, गाउँका अगुवा तेन्जिङ शेर्पाले भने – ‘अहिले सम्पन्न भईसकेपछि बस्तीको स्वरुप देखेर गाउँले आफैं दंग छौं ।’

लामोसाँघु–जिरी सडक खण्डमा अवस्थित दोलखाको मैनापोखरी बजारबाट ४ किलोमिटर यात्रा गरेपछि पुगिन्छ वैत्येश्वर गाउँपालिका ३ स्थित मिर्गेको यार्सा गाउँ । गह्रा–गह्रा परेको भुगोलमा रहेको गाउँको तीन वटै बस्ती छुनेगरी बीच भागबाट सडकले जोडिएको छ । गाउँभरी रहेका ४ सय ५० जनसंख्या मध्ये ८० प्रतिशत शेर्पा, १८ प्रतिशत क्षेत्री र बाँकी ब्राम्हण, तामाङ र नेवार समुदाय छन् । भुइँचालोमा १ सय १३ भत्किएका थिए । अहिले वस्ती पुनर्निमाणको काम सकिएको छ ।
नागरिकबाट

Logo