काठमाडौं

धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जानेर पनि धेरै मानिस यसको लतमा फसेका छन् । "/>

आज विश्व धूमपान रहित दिवस : स्वस्थ रहन विज्ञहरुको यस्तो सुझाव

आज विश्व धूमपान रहित दिवस : स्वस्थ रहन विज्ञहरुको यस्तो सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जानेर पनि धेरै मानिस यसको लतमा फसेका छन् । यसको प्रयोगले वर्षेनि हजारौँ मानिस क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोक जस्ता समस्याबाट ज्यान गुमाउँछन् ।

विश्वमा २१ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेको बताइन्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ । नेपालमा सुर्तीजन्य पदार्थकै कारण प्रत्येक वर्ष २५ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको बताइन्छ । वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मीले भने, ‘‘नसर्ने रोग बढाउन सुर्तीजन्य पदार्थको प्रमुख भूमिका छ, यसको प्रयोगदर घटाउन यस्ता पदार्थको मूल्य बढाउनै पर्छ ।”

मनमोहन कार्डियोभास्कुलर सेन्टरका उपप्रध्यापक तथा मुटुरोग सर्जन डा अनिल भट्टराई नेपालका २० प्रतिशत जनतालाई कुनै न कुनै मुटुसम्बन्धी समस्या भएको बताउँछन् । उनले मुटु रोगबाट बच्न अझै पनि जनचेतना आवश्यक भएको उल्लेख गर्दै नियमित व्यायम, खानपानमा सन्तुलन, वर्षमा एक पटक मुटुको जाँच, तौलमा सन्तुलन र धुम्रपानबाट विमुख रहन सुझाव दिए ।

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सरको प्रमुख कारण भएकाले उपचारमा सहुलियतसँगै प्रभावकारी जनचेतनामा पनि जोड दिनुपर्ने बताउँछन् । नेपालमा धेरै फोक्सो, स्तन, पाठेघरको मुखको क्यान्सर, छाती र जिब्रोको क्यान्सरका बढी बिरामी भएको डा पौडेलको भनाइ छ ।

सरकारीस्तरमै सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न उत्पादन मै कमी गर्न र जथाभावी बिक्री वितरणमा नियन्त्रण गर्न जरुरी रहेको उनको भनार्इ छ । त्यसबाहेक पछिल्लो अध्ययनले मोटोपन, खानपान, प्रदूषण, व्यायाम, नियमित जाँच, मद्यपान नियन्त्रण गर्न सकिए क्यान्सरबाट बच्न सकिन्छ ।
रासस

Logo