बाजुरा

हिमाली गाउँपालिका–३ युनाका रंगलाल बुढालाई छोराको जन्मदर्ता नभएको भन्दै खाली हात विद्यालयले फर्काइदियो । "/>

कर्मचारीविहीन स्थानीय तह, गाउँगाउँमा सिंहदरबारको उपहार : जन्मदर्ता गर्न चार दिन

कर्मचारीविहीन स्थानीय तह, गाउँगाउँमा सिंहदरबारको उपहार : जन्मदर्ता गर्न चार दिन

केन्द्रबिन्दु
0
Shares

बाजुरा

हिमाली गाउँपालिका–३ युनाका रंगलाल बुढालाई छोराको जन्मदर्ता नभएको भन्दै खाली हात विद्यालयले फर्काइदियो । विद्यालयमा भर्ना हुन जन्मदर्ता प्रमाणपत्र आवश्यक हुने थाहा पाएपछि उनी पुरानो आफ्नो वडा कार्यालय गए पनि त्यहाँ कसैलाई भेटेनन् । पुरानो गाविसको कार्यालय बिच्छ्याँमा पनि कसैलाई नभेटेपछि उनी तेस्रो दिन गाउँपालिकाको कार्यालयमा पुगेर बल्लबल्ल छोराको जन्मदर्ता बनाए ।

छोराको जन्मदर्ता प्रमाणपत्र हातमा देखाउँदै रंगलालले भने, ‘चुनावताका गाउँगाउँमा सिंहदरबार भन्थे, प्रमाणपत्र बनाइदिने मान्छे र ठाउँ खोज्दाखोज्दै चार दिन लाग्यो ।’ बल्लबल्ल चार दिनमा बनेको जन्मदर्ताको कागज झोलामा राखेर कर्णालीको छाल नजिकै वैशाखको गर्मी छल्न रूखमा अडेस लाग्दै उनले भने, ‘गाउँमा सिंहदरबार कस्तो हुन्छ, थाहा पाइयो ।’

सो गाउँपालिकामा हालसम्म एक जना कर्मचारीले कार्यालयको काम धानिरहेका छन् । वडामा कर्मचारी नभएपछि बुढा जस्तै काम परेकाहरू सबै धुलाचौर आएर काम गर्न र गराउन बाध्य छन् ।

बाजुराका अधिकांश स्थानीय तहका वडा कार्यालयहरू सचिवविहीन भएपछि सामान्य कामकाज गर्न स्थानीयलाई कठिन भएको छ । ‘वडामा वडा सचिव नहुँदा जन्म, मृत्यु, विवाह दर्ताजस्ता महत्वपूर्ण र आधारभूत काम वडा कार्यालयबाट हुन सकेका छैन । अरू योजनाका काममा झनै समस्या छ,’ हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भने । अध्यक्ष मल्लका अनुसार सो गाउँपालिकामा एक जना सचिव छन् । उनैले गाउँपालिकाको सबै काम भ्याउनुपर्छ । ‘यदि सचिव गाउँपालिका बाहिर भएको अवस्थामा हात बाँधेर रमिता हेर्नु बाहेक हाम्रो केही काम छैन,’ अध्यक्ष मल्लले भने ।
राजधानीबाट

Logo