नेपालगन्ज

जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्ज स्थित राप्ती नदीमा केही महिना देखि दिनरात एक्साभेटर चलिरहेको छ । "/>

हुलाकी सडकका नाममा राप्ती दोहन : सरोकारवाला निकाय मौन

हुलाकी सडकका नाममा राप्ती दोहन : सरोकारवाला निकाय मौन

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज

जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्ज स्थित राप्ती नदीमा केही महिना देखि दिनरात एक्साभेटर चलिरहेको छ । नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले ५, ५ मिनेटको फरकमा किनारतिर ओर्साछन् । हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ ।

ट्रिपरले बोकेर डम्पिङ गरेको ढुंगा, गिटी र बालुवा सोही क्रसरबाट प्रशोधन गरिन्छ । हुलाकी सडकका लागि ठेकेदारलाई निर्माण सामग्री कति आवश्यक छ ? अहिले सम्म कति परिमाणको सामग्री उत्खनन भएको छ ? यसबारे कुनै लेखाजोखा छैन । तर नदीबाट उत्खनन भइरहेको निर्माण सामग्री हुलाकी सडकका नाममा अन्यत्रै आपूर्ति भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।

बर्सेनि बाढीको चपेटामा पर्दै आएका स्थानीय बासिन्दा दिनरात नदीमा जथाभाबी दोहन हुँदा चिन्तामा परेका छन् । दिनरात मेसिन लगाएर नदी दोहन भइरहेको राप्तीसोनारी–२, टिकुलीपुर निवासी मैमकला रानाले बताइन् । गत साउन अन्तिम साता आएको बाढीले विस्थापित भएकी उनी अहिले नदी दोहान भइरहँदा फेरि बाढीले सताउने हो कि भन्ने चिन्तामा छिन् ।
‘मान्छेले गरेका गल्तीका कारण हरेक वर्ष हामीलाई बाढीले सताउँछ,’ उनले भनिन् ‘ठूला मान्छे आएर जथाभाबी दोहन गर्छन्, नदीले धार परिवर्तन गर्छ, त्यसपछि बर्खामा आउने बाढीले हामी गरिबको उठिबास लगाउँछ ।’

शमशेरगन्जस्थित नदी किनारमा क्रसर स्थापना गरी राप्तीमा महिनौं देखि एक्साभेटर चलाउन थालेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिए । गाउँका अगुवा एवम् सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष डिल्ली गिरीको संयोजकत्वमा संघर्ष समिति बन्यो । समितिको अगुवाइमा स्थानीय बासिन्दा प्रहरी प्रशासन, समन्वय समिति लगायत सरोकारवाला निकायमा पुगेर राप्ती नदीको जथाभावी दोहन रोक्न माग गरे । तर कतैबाट पनि स्थानीय बासिन्दाको माग सुनुवाई भएन् ।
नागरिकबाट

Logo