खजुरा (बाँके), १ भदौ ।

बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रहरुमा भाइरल रोगको प्रकोप देखा परेको छ ।  

जिल्लाको राप्तीसोनारी, डुडुवा, नरैनापुर र खजुरा गाउँपालिकाका विभिन्न ठाउँमा बाढीबाट विस्थापितलाई ज्वरो, रुघाखोकी, झाडापखालालगायत रोगको संक्रमण फैलिएको हो । "/>

बाढी प्रभावित क्षेत्रमा भाइरल रोगको समस्या

बाढी प्रभावित क्षेत्रमा भाइरल रोगको समस्या

केन्द्रबिन्दु
0
Shares

खजुरा (बाँके), १ भदौ ।

बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रहरुमा भाइरल रोगको प्रकोप देखा परेको छ । 

जिल्लाको राप्तीसोनारी, डुडुवा, नरैनापुर र खजुरा गाउँपालिकाका विभिन्न ठाउँमा बाढीबाट विस्थापितलाई ज्वरो, रुघाखोकी, झाडापखालालगायत रोगको संक्रमण फैलिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरेको जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले बताए । 

उनका अनुसार स्थानीय तहअन्तर्गत विभिन्न प्रभावित क्षेत्रमा आठवटा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उनले भने, “दूषित पानीको प्रयोगले बाढीपीडितमा भाइरल ज्वरो देखिएको छ, औषधिसहितको चिकित्सक टोली परिचालन भइसकेका छन् ।” 

राप्ती नदी र विभिन्न खोलामा आएको बाढीले करिब जिल्लाका नौ हजार ५०० परिवार प्रभावित भएको जनस्वास्थ्यले जनाएको छ । 

सो कार्यालयका अनुसार प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो आउने, टाउको दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या बढी देखिएको छ । 

अहिलेसम्म प्रभावित क्षेत्रका करिब ५०० भन्दा बढी बिरामीको उपचार गरिएको छ । रासस 

Logo