विद्यालय क्षेत्र विकास निम्ति रु.२८ करोड जापानी सहयोग

विद्यालय क्षेत्र विकास निम्ति रु.२८ करोड जापानी सहयोग

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३२ साउन ।

जापान सरकारले नेपालको शिक्षा क्षेत्रका लागि २८ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । जापान सकरकाले विद्यालय क्षेत्र विकास कार्यक्रम–दोस्रो वर्ष (२०१७÷१८) का लागि यो रकम अनुदान सहयोग गर्ने भएको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालले अन्य विकास साझेदारहरूसँग विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन जुलाई २०१६ देखि गरेको हो । यस अन्तर्गत शिक्षा क्षेत्रमा आवश्यक स्तरोन्नति र परिवर्तन समग्र शिक्षा पद्दतिको सुधारका आधारमा गरिने जाइकाले जनाएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रमको मुख्य उद्देश्य नेपाललाई शिक्षा क्षेत्रमा चाहिने जनशक्ति विकास गर्नुका साथै नेपाललाई २०३० सम्म विकासोन्मुख मुलुकतर्फ डोर्याउने रहेको जाइकाले जनाएको छ ।

नेपालका हरेक नागरिक शिक्षित बनाई जीवनस्तर वृद्धि गरी विकासको गति बढाउँदै लैजानु पनि यो कार्यक्रमको उद्देश्य छ । शिक्षा क्षेत्रको विकासमा शिक्षक र विद्याार्थी दुवै पक्षको विकासमा सहयोग पुर्याउने विद्यालय क्षेत्र विकास कार्यक्रमको मुख्य योजना छ । विद्यालय क्षेत्र विकास कार्यक्रमले हालसालै प्रकोप व्यवस्थापन र नियन्त्रण गर्ने व्यवस्था अभिवृद्धि गर्ने कार्यक्रम पनि लागू गरेको छ ।

 

Logo