२ सय ५६ वर्ष बाँचेका मान्छे जसले २३ पत्नीको अन्तिम संस्कार गरे

२ सय ५६ वर्ष बाँचेका मान्छे जसले २३ पत्नीको अन्तिम संस्कार गरे

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । ३२ साउन ।

विश्वका मान्छेहरूको आयुको कुरा गर्दा औसत उमेर ७०–८० वर्ष हो । अपवादको रूपमा कोही एक सय वर्षभन्दा बढी उमेर बाँच्छन् । भूगोल, वंश, रहनसहन, संस्कृति आदिको हिसाबले पनि कसैको आयु छोटो र कसैको लामो हुने गर्छ ।

यो प्रसंग चाहिँ चीनको हो । अनौठो त के भने त्यहाँका एक मानिसले सर्वाधिक लामो आयु पाए । उनी एक सय वर्ष होइन, डेढ सय वर्ष पनि होइन, २ सय ५६ वर्ष सम्म बाँचे । भनिन्छ, उनले लामो समय बाँच्ने र स्वस्थ्य रहने मन्त्र सिकेका थिए ।

उनको नाम थियो, ली ली चिंग । उनी चिनमा क्विंग शासनका दौरान सिचुवान प्रान्तमा जन्मे–हुर्केका थिए । उनले आफ्नो धेरैजसो समय पहाडमा बिताएका थिए । चीनको सेनाका जनरल युंग सेनका अनुसार ती व्यक्तिको जन्म १६७७ मा भएको थियो । १३ वर्षको उमेरमा उनी घर छाडेर पहाडमा गएका थिए । जब उनी फर्किएर आए, त्यसबेला उनको उमेर ५१ वर्षको थियो । त्यसपछि उनले जनरल यू जाङ्गको सेनामा सल्लाहकारको भूमिका पाएका थिए ।

७८ वर्षको उमेरमा उनले सेनाको जागिरबाट अवकाश लिए । त्यसअघि उनले गोल्डेन रिभरको लडाईंमा हिस्सा लिएका थिए ।

यु जाङ्गको सेनामा लामो समयसम्म भाग लिएका उनलाई राजघरानाबाट बधाई दिइएको थियो, उनको उमेर सय वर्ष पुगेको उपलक्ष्यमा । त्यसपछि उनलाई एक सय पचास वर्ष र २ सय वर्ष जन्मदिन मनाउँदा पनि शाही घरानाबाट बधाई मिलेको थियो ।

१९२८ मा एक विश्वविद्यालयका प्राध्यापकले लीलाई शाही घरानाले दिएको सन्देश फेला पारेका थिए । उनको यो खोजलाई चीनका दुई अखबारले प्राथमिकतासाथ प्रकाशित गरेका थिए । १९२९ मा न्युयोर्क टाइम्सले पनि यो खबरलाई पुष्टि गरेको थियो ।

दुबै अखबारको रिपोर्ट मान्ने हो भने लीको मृत्यु १९३३ मा भयो । यदि यो रेकर्डलाई सही मान्ने हो भने उनले २ सय वर्ष जीवन व्यतीत गरे ।

१९८० मा उनको जिन्दगीमा आधारित एक किताब लेखियो, द सिक्रेट अफ ली ली क्वीनगिन इमोर्टलिटी । त्यसमा उल्लेख भएअनुसार उनमा आर्युवेदको ठुलो ज्ञान थियो ।
उनले मार्शल आर्टसमा पनि ज्ञान हासिल गरेका थिए ।

भनिन्छ, उनले बाँच्ने मन्त्र सिकेका थिए, त्यही कारण उनी निरोगी र फिट भए । लीले आफ्नो जीवनकालमा २३ वटा पत्नीको अन्तिम संस्कार गरे । ६ मे १९३३ मा उनको मृत्यु भयो, जतिबेला उनको उमेर २ सय ५६ वर्ष थियो । (एजेन्सीको सहयोगमा)

 

Logo