‘पिपल टु पिपल अभियान’ तराई जाने

‘पिपल टु पिपल अभियान’ तराई जाने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३२ साउन ।

तराईका बाढी पीडितहरूको सहयोगार्थ सुरु भएको ‘पिपल टु पिपल अभियान’ राहत सामग्री लिएर बाढीग्रस्त क्षेत्र जाने भएको छ । कलाकार निर्मल शर्मा, वरिष्ठ सञ्चारकर्मी प्रभात रिमाल, गायक संजय श्रेष्ठ, डा. नील पाण्डे र सेभेन समिटकी लिडर माया गुरुङले सञ्चालन गरेको यो अभियानले संकलन गरेको रकम, लत्ताकपडा र खाद्य सामग्री लिएर उनीहरू तराई जान लागेका हुन् ।

बाढी पीडितको सहयोगका लागि सरकारले एकद्वार नीति लागू गरेपछि सरकारको स्थानीय संयन्त्रसँगको समन्वयमा अघि बढ्न लागेको ‘पिपल टु पिपल’का अभियन्ता प्रभात रिमालले बताए । उनकाअनुसार, अभियानले संचालन गर्ने राहत कार्यक्रममा स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिने भएको छ । अभियानका अर्का सदस्य निर्मल शर्मा भन्छन्, ‘शुक्रबार राहत वितरण कार्यक्रम सुरु गरेर सप्तरी हुँदै झापासम्म पुग्ने अभियानमा छौं ।’

‘पिपल टु पिपल’ अभियानले दाताहरूको नामावली http://p2prelief.org/donations/ वेबसाइटमा उपलब्ध गराएको छ । यसअनुसार हालसम्म ५ लाख ६९ हजार ००६ रुपैयाँ संकलन भइसकेको छ । अभियानलाई पारदर्शी बनाउन सबै पक्षबाट ध्यान दिइएको पनि शर्माले बताए ।

 

 

Logo