अनशनरत डा. केसीका समर्थक र प्रहरीबीच बानेश्श्वरमा झडप

अनशनरत डा. केसीका समर्थक र प्रहरीबीच बानेश्श्वरमा झडप

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३१ साउन ।

स्वास्थ्इ विषयक विभिन्न माग राखी पछिल्ला २३ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसी समर्थक र प्रहरीबीच काठमाडौको नयाँबानेश्वरस्थित एभरेस्ट होटल अगाडि सामान्य झडप भएको छ ।

शिक्षण अस्पताल महाराजगन्जबाट सुरु भएको डा. केसी समर्थक जुलुस नयाँ बानेश्वर आइपुगेर धर्ना र विरोध प्रदर्शनमा परिणत भएको थियो ।

धर्ना पश्चात्त सहभागीहरु नारा लगाउँदै संसद भवन प्रवेश गर्न खाज्दा प्रहरीले रोक्न खोज्दा झडप (ठेलमठेल) भएको हो । प्रहरी र प्रदर्शनकारीबीच हँसीमजाक र रमाइलो गर्दै ठेलाठेल भएको थियो ।

निषेधित क्षेत्र तोडेको र सार्वजनिक आवागमनमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले जुलुसलाई अघि बढ्न नदिएपछि त्यसरी ठेलमठेल भएको हो ।

 

Logo