बाढी–पहिरोका कारण अहिलेसम्म १११ को मृत्यु

बाढी–पहिरोका कारण अहिलेसम्म १११ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३१ साउन ।

गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा मन्त्री शर्माले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौं जनता विस्थापित भएको जानकारी दिँदै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको बताए ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई रु दुई लाख र घर मर्मत गर्न रु दश हजार वितरणसमेत सुरु भएको भएको जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट पारे ।

“सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव छ । ” गृहमन्त्री शर्माले भने ।

मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको पनि जानकारी दिए । रासस

Logo