अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुने

अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । पोखरा, ३१ साउन ।

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताएका छन् ।

नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई आज यहाँ पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी शिक्षकलाई परीक्षा र गोल्डेन ह्यान्डसेक दुवै अवसर प्रदान गरिने बताए ।

“लामो समयदेखि शैक्षिक पेसामा संलग्न शिक्षकको लागि यो सुनौलो अवसर हो,” उनले भने, “त्यसपछि आवश्यक शिक्षक आयोगबाटै लिइने व्यवस्था शिक्षा मन्त्रालयको परिमार्जित नीतिमा उल्लेख गरिने छ ।”

सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै कार्यक्रममा नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल महिला संघ कास्कीका उपाध्यक्ष डाल्डादेवी भुजेल, निर्वाचन मण्डलका संयोजक चिन्तामणि शर्मालगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकार भएका सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएको राससले जनाएको छ ।

Logo