‘ डोकलाम समस्याबारे चीनले भन्यो,’नेपाल तटस्थ नै बसोस्’

‘ डोकलाम समस्याबारे चीनले भन्यो,’नेपाल तटस्थ नै बसोस्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‌ : चीनले डोकलाम समस्याबारे नेपालले तटस्थ कायमै राखोस् भन्ने चाहना राखेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोकलाम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

नेपालले डोकलाम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले  बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोकलाम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरूले बताए ।

‘डोकलाम चीनको भूभाग हो । चीनले सडक बनाउँदै गर्दा भारतीय सैनिकले हस्तक्षेप गरी निर्माण कार्यमा अवरोध गरेपछि मात्र डोकलाम तनाव देखिएको हो,’ अधिकारीहरुको भनाइ छ । 

Logo