बाढी–पहिरो पीडितलाई सहयोग गर्न हेड्स नेपालको अपिल

बाढी–पहिरो पीडितलाई सहयोग गर्न हेड्स नेपालको अपिल

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३० साउन ।

विगत केही दिनदेखि भइरहेको अविरल वर्षाले गर्दा देशका विभिन्न भागमा आएको पहिरो, बाढी र डुबानले गर्दा भएको ठुलो धनजनको क्षतिप्रति स्वास्थ्य, शिक्षा, कृषि र विकास समाज (हेड्स नेपाल) ले गहिरो दुःख व्यक्त गरेको छ ।

समाजका अध्यक्ष ईश्वरचन्द्र बानियाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै लगातार वर्षाले गर्दा विपद्को जोखिम अझै कायम रहेकोप्रति संवेदनशील हुन आम नागरिकलाई आग्रह गर्दै पीडितहरुको सहयोगका लागि आवहन गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हेड्स नेपाल सम्पूर्ण मानव जातिकै अभाव, आकस्मिकता र आवश्यकताको साथी भएको हुनाले विपद्को यस घडीमा हामी चुप लागेर बस्न सक्दैनौं । हिजोका दिनमा पहाड हल्लिँदा तराई मधेसले जसरी सहयोग गरेको थियो, त्यसैगरी आज तराई मधेस डुब्दा र बगिरहँदा हिमाल पहाडले पनि सहयोग गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’

हेड्स नेपालले केही राहत संकलन गरी छिट्टै तराईका केही जिल्लामा पुर्याउने कार्यक्रम बनाएको हुनाले यथाशक्य सहयोग गर्नुका साथै सहयोग जुटाउने कार्यमा लाग्न सबैमा अपिल समेत गरेको छ ।

सम्पर्कका लागि हेड्स नेपालको केन्द्रीय कार्यालय वनस्थली चोक, फोन नं. ४३५२२४६ छ भने बैंकमा सीधै जम्मा गरिदिनका लागि बैंक अफ काठमान्डु, सामाखुसी ब.हि.नं. ः ०३–१४–००००१५२४–५२४ रहेको छ ।

यसैगरी सम्पर्क व्यक्तिहरूमा अध्यक्ष ईश्वरचन्द्र बानियाँ, महासचिव प्रतापराज वन्त र कार्यालय व्यवस्थापक विजेता महर्जन रहेका छन् ।

Logo