एक वा दुई होइन, चालीस वर्षको अविछिन्न यात्राका दौरान अमेरिकी फोटोग्राफरले अफगानिस्तानको भयानक तस्बिर कैद गरेका हुन् । "/>

ज्यान हत्केलामा राखेर खिँचिएका थिए यी तस्बिर

ज्यान हत्केलामा राखेर खिँचिएका थिए यी तस्बिर

केन्द्रबिन्दु
0
Shares

 

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३० साउन ।

एक वा दुई होइन, चालीस वर्षको अविछिन्न यात्राका दौरान अमेरिकी फोटोग्राफरले अफगानिस्तानको भयानक तस्बिर कैद गरेका हुन् । 

यी तस्बिर खिँच्नु आफैँमा जोखिमपूर्ण थियो । तर, ‘डरभन्दा अगाडि जीत छ’ भने झैं फोटोग्राफर स्टिव म्याक्करीले डरलाई जितेर अफगानिस्तानको अँध्यारो पाटो खोतलिदिए । 

थाहा भएकै कुरा हो, अफगानिस्तान द्वन्द्वको चपेटामा फसेको देश हो । बाहिरी कारणले मात्र होइन, देशभित्रकै आतंकवादले पनि यो देशलाई त्रसित बनाउँदै आएको छ । पहिले शाह शासन, अनि सोभियत प्रभुत्व, मुजाहिद्दीन, त्यसपछि तालिबानी–अल कायदा शासन, फेरि अमेरिकी आक्रमण, त्यसपछि फेरि केही अन्य आतंकवादी संगठनहरूले घेरेका छन् अफगानिस्तानलाई । 

यही बीचमा एकजना अमेरिकी फोटोग्राफर स्टिवले अफगानिस्तानको बितेको चालीस वर्षको अनुहार खिँचेका छन् । यस दौरानमा अफगानिस्तानले के कस्ता नियति भोग्यो ? स्टिवका तस्बिरहरूले प्रस्ट पार्छन् ः

– स्टिव पछिल्ला ४० वर्षदेखि लगातार अफगानिस्तान आउने जाने गरिरहेका छन् । यही क्रममा उनले केही सम्झनलायक तस्बिरहरू कैद गरे । 

– अफगानिस्तानका सबैजसो स्थानमा उनी पुगेका छन् । 

– १९८४ मा उनले खिँचेको फोटोमध्ये एक ‘अफगान गर्ल’ विश्वका सबैजसो म्यागेजिनका कभरमा आइसकेको छ । 

– यसरी फोटो खिँच्ने क्रममा उनले निकै जोखिम मोलेका थिए । आफ्नो ज्यानलाई हत्केलामा राखेर पनि उनले निकै राम्रा तस्बिर आफ्नो क्यामरामा कैद गरे ।


(एजेन्सी)

Logo