यिनलाई विवाह प्रस्तावको ओइरो

यिनलाई विवाह प्रस्तावको ओइरो

केन्द्रबिन्दु
0
Shares

स्यानडिएगो, ३० साउन । अमेरिकाको स्यानडिएगोमा बसोबास गर्ने २१ बर्षिया लाउरेन अहिले टिण्डरमा राम्रो म्याच मेकिङ बनेकी छिन् ।

सौन्दर्य र उनमा रहेको आत्मविश्वासका कारण जोडी खोज्ने साईटको रुपमा रहेको टिण्डरमा उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको छ । जसको कारण उनलाई सामाजिक संजालका सबै माध्यमवाट विवाह गर्ने प्रस्तावहरु बढीरहेको छ ।

भएको के हो भने एक मोपेड दुर्घटनामा लाउरेन परिन् । उद्धारमा आएका प्रहरीलाई उनले आफु बाँच्न चाहेको बताईन् । चिकित्सकहरुले उनको दाहिने हात काटेर उनलाई बचाए । एउटा हात गुमाए पनि उनको बढेको मनोवल सामाजिक संजालमा देखेपछि उनलाई विवाहको प्रस्ताव गर्नेको ओइरो लागेको छ ।

उनी सामाजिक संजालमा आफुलाई निकै खुशि रहेको प्रस्तुत गर्छिन् । उनले पछिल्लो पटक टिण्डरमा अफ्नो स्ट्याटस यसरी राखिन् । अनुहार–१०/१०, शरीर– ९/१०, पर्सनालिटी– २०/१०, हात–१/२ लेखिन् । उनको यो स्ट्याटसलाई धेरैले मनपराएर विवाहको प्रस्ताव राखेका थिए । (एजेन्सी)

Logo