गर्भवती महिला बोकेको जिप डुब्दा एकै परिवारका ५ सहित ६ जनाको मृत्यु

गर्भवती महिला बोकेको जिप डुब्दा एकै परिवारका ५ सहित ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रौतहट, साउन २९ । सुत्केरी व्यथाले च्यापेकी महिलालाई अस्पताल लैजादै गरेको जिप बाढीमा डुब्दा एकैपरिवारका ५ सहित ६ जनाको ज्यान गएको छ ।

रौतहटको राजपुर फरहदवा चोकमा बाढीमा डुबेर ६ जनाको ज्यान गएको हो । जिल्लाको परोरा गाउँपालिका–३ का रामसेवक प्रसाद यादवकी बुहारीलाई सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गरेको जीप फरहदवा चोकमा बाढीमा डुब्दा चन्दन किशोर यादव, सरोज कुमार यादव, चन्दनकी गर्भवती श्रीमती, आमा भाउजु र छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Logo