पहिरोले मकवानपुरमा एकै परिवारका ६ जनाको मृत्यु

पहिरोले मकवानपुरमा एकै परिवारका ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हेटौँडा २९, साउन । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । 

मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

त्यसैवीच अविरल वर्षासंगै आएको पहिरोले घर बगाउँदा सुर्खेतमा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम विरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षिय गुमानसिं बुढा, उनका १४ वर्षिय नाति विक्रम बुढा र १२ वर्षिय सरन बुढाको मृत्यु भएको छ ।

Logo