निस्कियो हावाबाट विजुली, केपी ओलीले गरे उद्घाटन

निस्कियो हावाबाट विजुली, केपी ओलीले गरे उद्घाटन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २९ साउन । पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शनिवार जोमसोममा हावाबाट उत्पादन भएको विजुली प्रविधिको उद्घाटन गरेका छन् । मूस्ताङ प्रहरी कार्यालय परिसरमा हावाबाट विजुली बाल्न प्रयोग भएको मेसिनको मेन स्विच अन गरेर उनले उद्घाटन गरेका हुन् । 

उद्घाटनपछि उनले आफ्नो भनाईलाइ हावामा उडाउनेहरुले मूस्ताङमा आएर हावाबाट चम्किलो उज्यालो दिएको बिजुली हेर्न अनुरोध गरे । मेरो प्रधानमन्त्रीकालमा मैले नसक्ने कुरा कहिल्यै गरिनँ अबुझहरुले बुझेनन् बुझ्नेहरुले बुझ पचाइदिए , उनले भने हावाबाट बल्यो त बिजुली । यो सम्भव बिषय थियो र मैले बोलेका थिएँ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Logo