बाढीले दाङमा एक जनाको मृत्यु, दर्जनौ घर डुबानमा

बाढीले दाङमा एक जनाको मृत्यु, दर्जनौ घर डुबानमा

केन्द्रबिन्दु
0
Shares

दाङ, २८ साउन । गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा दाङमा एकजना महिलाको मृत्यु भएको छ । 

मृत्युहुनेमा तुलसीपुर–१३ का भगवती सुनार रहेको छ । स्थानीय तुईखोलामा आएको बाढीले घर बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
त्यसैगरी राप्ती नदीमा आएको बाढीले दर्जनाँै घर डुबानमा परेको प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । 

त्यस्तै लमही नगरपालिका–५ मा दुईवटा घर पूर्णरुपले क्षति भएका छन् भने छवटा घर डुबानमा परेका छन् । यसैगरी बबई नदीमा आएको बाढीले दुईवटा घर बगाएको छ भने ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ । 

गएराति १ः३० बजेदेखि तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा यातायात ठप्प भएको छ । बबई नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । 

अविरल वर्षाका कारण दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को बखरिया, गोल्टाकुरीको कलम खोला, मोतीपुर, बाँकी गाउँ जलमग्न भएको छ । त्यसैगरी घोराही तुलसीपुर सडकखण्डको मोतीपुरमा पनि बाढीले सडक बगाएको इप्रका तुलसीपुरले जनाएको छ । रासस

Logo