पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित

पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : व्यवसायीले थानकोट डिपोबाट पम्पसम्म इन्धन ढुवानी गर्दा थप १० लिटर प्राविधिक नोक्सानीको क्षतिपूर्ति पाउने भएका छन् । आयल निगम सञ्चालक समितिको बिहीबार अबेर रातिसम्म बसेको बैठकले प्राविधिक नोक्सानी बढाउने निर्णय गरेको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

यसअघि व्यवसायीले थानकोट डिपोबाट ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा ३५ लिटर प्राविधिक नोक्सानीको क्षतिपूर्ति पाएका थिए । ४ हजार लिटर डिजेल ढुवानी गर्दा २४ लिटर नोक्सानीको क्षतिपूर्ति पाएका थिए ।

अब पेट्रोल ढुवानी गर्दा ४५ लिटर र डिजेलमा २७ लिटरपाउने निगम सञ्चालक समिति सदस्य एवं गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलेजानकारी दिए । ‘प्रारम्भिक चरणमा ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा थप १० लिटर र डिजेलमा ३ लिटर नोक्सानीको क्षतिपूर्ति दिने निर्णय भएको छ ।

नोक्सानीको सम्बन्धमा थप एउटा कमिटी गठन हुन्छ त्यसले जाडो मौसममा पनि अध्ययन र अनुगमन गर्छ’ उनले भने, ‘त्यसपश्चात प्रतिवेदनको आधारमा नोक्सानीको क्षतिपूर्ति घटबढ हुने गर्छ ।  व्यवसायीले इन्धनको क्षतिका विषयमा तयार पारेको प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै बुधबारदेखि आन्दोलनमा उत्रेका थिए । इन्धन क्षेत्रलाई व्यवस्थित बनाउन आयल निगम सञ्चालक समितिको बैठकले कात्तिक २५ मा अध्ययन प्रतिवेदन बनाउने निर्णय गरेको थियो । 

Logo