आन्दोलन फिर्ता, इन्धन अब सहज पाइने

आन्दोलन फिर्ता, इन्धन अब सहज पाइने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २७ साउन ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनले अब सहज रुपमा इन्धन बिक्री वितरण थाल्ने भएको जनाएको छ ।

नेपाल आयल निगमले माग सम्बोधन गर्ने आश्वासन दिएपछि पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

निगमले इन्धन ढुवानी गर्दा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

प्राविधिक क्षतिपूर्ति बढाउनुपर्ने भन्दै व्यवसायीले बुधबारदेखि आयल निगमबाट पेट्रोल र डिजेल खरिद नै रोकेका थिए ।

निगम सञ्चालक समितिले बिहीबार पेट्रोल र डिजेलको ढुवानीमा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेको थियो । जसमध्ये प्रति चार हजार लिटर पेट्रोलमा साविकमा दिइएको क्षतिपूर्तिलाई १० लिटरले बढाएर ४५ लिटर र डिजेलमा साविकमा दिइँदै आएको यस्तो क्षतिपूर्तिलाई २४ लिटरबाट बढाएर २७ लिटर दिने निर्णय गरेको थियो ।

 

Logo