चूडामणि शर्मालाई थुनामुक्त गर्न आदेश

चूडामणि शर्मालाई थुनामुक्त गर्न आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २७ साउन । सर्वोच्च अदालतले राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, श्री केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, अनिलकुमार सिन्हाको पूर्ण इजलासले बाँकी मुद्दा विशेष अदालतले हेर्ने गरि उनलाई थुनामुक्त गर्न आदेश दिइएको हो ।

कर फस्र्योट आयोग मार्फत कर छुट दिँदा भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई हिरासतमा लिएको थियो । शर्मालाई अख्तियारले समातेपछि शर्माकी पत्नीले आफ्ना पतिलाई गैह्र कानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट होलेकी थिइन् । 

सर्वोच्च अदालतले यस अघिनै शर्मालाई अख्तियारको हिरासतबाट छुटाएर प्रहरी हिरासतमा राख्ने आदेश दिएको थियो । शर्मासँग १० अर्व रुपैयाँ विगो दावी गर्दै अख्तियारले विशेषमा मुद्दा दर्ता गरेको छ । अख्तियारले कर फस्र्योट आयोगका अन्य दुई जना सदस्यलाई फरारको सूचीमा राखेको छ ।

Logo