बिरामी पर्यटक बोकेको हेलिकप्टर आकस्मिक अवतरण

बिरामी पर्यटक बोकेको हेलिकप्टर आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

दमौली, २७, साउन । बिरामी पर्यटक बोकेर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ  । मनाङबाट बिरामी पर्यटक लिएर गएको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा अवतरण गरेको हो । 

खराब मौसमका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । हेलिकप्टरमा चालक दलका दुईजना, नेदरल्याण्डका नागरिक एकजना र दुई यात्रु गरी पाँचजना सवार थिए ।

Logo