एमालेले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने

एमालेले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७ साउन । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव एमालेसँग परामर्शबिना आएकाले कुनै हालतमा पारित हुन नदिने बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्तावलाई राजनीतिक कार्डका रूपमा प्रयोग गरी एमालेलाई एम्बुसमा पार्ने प्रयास भएको आरोप लगाउनुभयो । 

नेकपा ९माओवादी केन्द्र०का नेता अजयशंकर नायकले संविधान संशोधनको दोस्रोपटक पेश भएको प्रस्ताव एमालेको सहमतिमा ल्याइएको दाबी गर्नुभयो । उहाँले राष्ट्रिय सहमति गरी संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय मुद्दामा प्रतिपक्ष दलले पनि सकारात्मक भूमिका खेल्नुपर्छ, राजपालाई निर्वाचनका लागि सहमत गराउनु प्रतिपक्षको कर्तव्य हो ।” 

राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महेन्द्रराय यादवले विरोधमा रहेका एमालेलगायतका दलको सहमतिमा संविधान प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले उचित मागलाई सम्बोधन गर्दै १९ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा. केसी र अस्थायी शिक्षकको जीवनरक्षा गर्न माग गर्नुभयो । रासस

Logo