घुससहित सब-इन्जिनियर रंगेहात पक्राउ

घुससहित सब-इन्जिनियर रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

रौतहट, २७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३५ हजार रुपैयाँ घुससहित एक जना सब-इन्जिनियरलाई पक्राउ गरेको छ । 

जिल्ला शिक्षा कार्यालय रौतहटका सब-इन्जिनियर ललनकुमार सिंहलाई घुससहित रंगेहात पक्राउ गरेका हुन् । श्रीमावि माधोपुरको भवन निर्माणका लागि तेस्रो किस्ता बाफतको रकम निकासा गर्दा सिंहले घुस मागेका थिए । सिंहको बारेमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Logo