प्रधानमन्त्रीको निर्देशनमा सभामुखको ब्रेक, डा. केसीको अनसन लम्बिने

प्रधानमन्त्रीको निर्देशनमा सभामुखको ब्रेक, डा. केसीको अनसन लम्बिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७ साउन । व्यबस्थापिका संसदको बैठक आगामी साउन ३१ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तिले संसदको बैठक स्थगित गरेपछि संसदमा विचाराधीन रहेको चिकित्सा स्वास्थ्य विधेयक पारित हुने सम्भाबना टरेको छ । 

११ औ पटक अनसन बसेका डा. गोबिन्द केसीको माग सम्बोधन गर्न आजै मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले बिधेयक पारितका लागि निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाले आज बिहान बैठक डाकेर संसदीय समिति र मन्त्रीहरुलाई केदारभक्त माथेमा कार्यदलको सुझावसहित बिधेयक पास गर्न निर्देशन दिएका थिए । 

डा. केसी अनसन बसेको १९ औ दिन पुगेको छ भने उनको स्वास्थ्य अबस्था कम्जोर बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताउदै आएका छन् ।

Logo