गुड्दै गरेको मोटरसाइकलमा आगो लागेपछि …

गुड्दै गरेको मोटरसाइकलमा आगो लागेपछि …

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, २७ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङमा आज गुड्दै गरेको मोटरसाइकलमा आगलागी भएको छ । अजय हाकुजूको बा ८४ प ८८९७ नम्बरको पल्सर मोटरसाइकलमा आगलागी भएको हो ।

मोटरसाइकलमा आगो लागेपछि चालक हाकुजु खेतमा हाम्फालेका कारण कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको छ ।

Logo