प्रधानमन्त्रीको निर्देशन पास भए गोबिन्द केसीले अनसन तोड्ने

प्रधानमन्त्रीको निर्देशन पास भए गोबिन्द केसीले अनसन तोड्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ २७ साउन । चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल थालेका छन् । गोविन्द केसीका प्रतिनिधि, संसदीय समितिका सभापति, शिक्षा र स्वास्थ्य मन्त्रीहरु सहभागी छलफलमा प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री देउवाले प्राध्यापक केदारभक्त माथेमाको प्रतिवेदनको मर्म नमर्ने गरी विधेयक अगाडि बढाउन निर्देशन दिएका हुन् । डा. केसीका तर्फबाट सहभागी डा. वाइपी सिंहले बैठक सकारात्मक भएको र प्रधानमन्त्रीको निर्देशन पालना भए आजै अनसन तोड्ने सम्भावना समेत रहेको जानकारी दिए ।

आज तीन बजे बोलाइएको संसदीय समितिको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेमा आजै अनसन तोडिने सम्भाबना छ । डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै ११ औं पटक अनसन बसेको आज १९ औं दिन पुगेको छ ।

Logo