राजधानीमै ठेकेदारको यस्तो मनपरी, उद्घाटन नहुँदै भाँचियो  डेढ करोडको पुल

राजधानीमै ठेकेदारको यस्तो मनपरी, उद्घाटन नहुँदै भाँचियो  डेढ करोडको पुल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७ साउन । राजधानीको  ढल्कुस्थित विष्णुमति नदीमा बन्दै गरेको पुल भाँचिएको छ । फलामको फ्रेममा स्ल्याब राख्दै गर्दा पुल भाँचिएपछि ५ जना कामदार घाइते भएका छन् । 

उद्घाटन गर्ने तयारी भैरहदा बिहिबार साँझ पुल भाँचिएको हो । दिगो सहरी विकास आयोजना अन्तर्गत हिम सगरमाथा कन्सट्रक्सन प्रा.लि.ले निर्माण गरेको यो फलामे पुलको करिब डेढ करोड रुपियामा ठेक्का सम्झौता भएको थियो । 

स्थानीय वासिन्दाले कमजोर निर्माण सामग्री प्रयोग गरेका कारण पुल भाँचिएको आरोप लगाएका छन्। नियमानुसार हस्तान्तरण अघि नै पुल भान्चिएकाले निर्माण कम्पनीले नै पुन: पुल बनाउनु पर्नेछ ।

Logo