देशभरका अस्पताल ठप्प, चिकित्सा शिक्षा विधेयकमा बिबाद

देशभरका अस्पताल ठप्प, चिकित्सा शिक्षा विधेयकमा बिबाद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । सरकारी चिकित्सक संघले आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको अभियानमा ऐक्यबद्धता जनाउदै देशभरका सरकारी अस्पताल ठप्प पारेको छ  । संघले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । 

११ औँ पटक अनशनमा बसेको १९ दिन पुग्दा सम्म पनि मागको सुनुवाई नभएकाले बाध्य भएर अस्पताल बन्द गर्नु परेको र यसबाट पुग्ने असुविधाप्रति सरकार नै जिम्मेवार हुनुपर्ने संघले जनाएको छ । 

यता चिकित्सा शिक्षा विधेयकमाथि आज पनि छलफल हुदैछ  । संसदको महिला बालबालिका तथा समाज कल्याण समिति बिहिबार बिबाद चर्किएपछि छलफल स्थगित भएको थियो । बिहीबार को पूर्ण बैठकमा विधेयकमाथि छलफल चलिरहँदा विवाद भएपछि स्थगित भएको थियो ।

Logo