स्तनमा मुटुको आकृती बनाउने लहर

स्तनमा मुटुको आकृती बनाउने लहर

केन्द्रबिन्दु
0
Shares

बेईजिङ, २६ साउन । चीनको सर्वाधिक लोकप्रिय सामाजिक संजालमा युवतीहरुमा स्तनलाई मुटुको आकारमा प्रस्तुत गरी फोटो अपलोड गर्ने कार्य भाइरल भैरहेको छ ।

चीनको सामाजिक संजाल वेइबोमा युवतीले आफ्नो स्तनलाई हातले थिचेर मुटुको आकार बनाएको तस्विर अपलोड गर्ने लहर अहिले चलेको छ । एक अनुमान अनुसार यस्ता तस्विरहरु लाखौंको संख्यामा अपालोड भएका छन् ।

‘हर्ट सेप ब्रेष्ट च्यालेन्ज’ अभियान अन्तर्गत भएको यो भाइरल अभियानमा आकर्षक स्तन भएका स्वस्थ युवतीहरुले मात्र भाग लिनु भन्ने एउटा मात्र नियम राखिएको छ । केही प्रयोगकर्ताहरुले सानो स्तन भएका युवतीहरुले भाग नलिनु होला किनकी तपाईको स्तन थिचेर मुटुको आकारमा आउदैन भनेका छन् । यस्तै एक प्रयोगकर्ताले आकर्षक शरीर भएका युवतीले मात्र सहभागि हुनु भनेर नियम बनाएका छन् ।


चीनमा पछिल्लो पटक शरीरका विभिन्न भागहरुलाई सामाजिक संजालमा प्रदर्शन गर्ने अभियान भाइरल हुने गरेको छ । जसको पछिल्लो उदाहरणको रुपमा हर्ट सेपमा स्तनलाई देखाउने रहेको छ । यसअघि चीनमा फिंगर नट अभियानमा आफ्नो औंलाको लचकता देखाउने अभियान सामाजिक संजालमा भाइरल भएको थियो । सन् २०१५ मा बेली बटन च्यालेन्ज चलेको थियो । यो अभियानमा १ करोड ३० लाख ब्यक्तिहरुले भाग लिएका थिए । (एजेन्सी)

Logo