रामपुर (पाल्पा), २४ साउन । कालीगण्डकी नदी किनारमा शिवलिंग फेला परेको छ । रामपुर नगरपालिका–८ अन्तर्गत पर्ने पवित्र कालीगण्डकी नदीको किनारमा नुहाउने क्रममा शिवलिंग फेला परेको हो । "/>

नुहाउने क्रममा कालीगण्डकी नदी किनारमा भेटियो शिवलिंग

नुहाउने क्रममा कालीगण्डकी नदी किनारमा भेटियो शिवलिंग

केन्द्रबिन्दु
0
Shares

रामपुर (पाल्पा), २४ साउन । कालीगण्डकी नदी किनारमा शिवलिंग फेला परेको छ । रामपुर नगरपालिका–८ अन्तर्गत पर्ने पवित्र कालीगण्डकी नदीको किनारमा नुहाउने क्रममा शिवलिंग फेला परेको हो । 

सो शिवलिंगलाई यहाँका स्थानीयवासीले पूजाआजा गरी विधिवत्रुपमा मन्दिरमा भित्र्याएका छन् । कालीनदीको गैरीघाटमा रुद्रीपूजा गरेर रानीवासको सिद्धेश्वर मन्दिरमा सोमबार भित्र्याइएको स्थानीयवासी हरिप्रसाद खनालले जानकारी दिनुभयो । 

अहिले सो शिवलिंग हेर्न र पूजाआजा गर्न आउनेको मन्दिरमा भीड लागेको छ । रासस 

Logo