अब बेलुनले दिनेछ मौसमको सूचना

अब बेलुनले दिनेछ मौसमको सूचना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : यथार्थ मौसमी सूचना अद्यावधिक गनर्दै सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको छ ।वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न आकाशमा विशेष प्रकारको बेलुन उडाउने तयारी गर्न लागिएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । 

विशेष प्रकारको उपकरण ‘रेडियोसोण्ड’ जडान गरिएको बेलुनले आगामी ३ महिनापछि वायुमण्डलबाट मौसमी गतिविधि नियाल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरको ‘रेडियोसोण्ड स्टेसन’ बाट उडाइने बेलुनले अधिकतम ३० किलोमिटर उचाइससम्मको मौसमी सूचना स‌कलन गर्न सघाउ पुग्ने विभागका अधिकारीहरूले बताए । बिहान र बेलुकी उडाइने २ वटा बेलुनले काठमाडौं उपत्यकासहित मुलुकका धेरै भागको मौसमी सूचना अद्यावधिक गर्नेछ ।

वायुमण्डल पुगेको रेडियोसोण्डले कीर्तिपुर स्टेसनलाई लक्षित गर्दै मौसमी सूचना सम्प्रेषण गर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । ‘वायुमण्डलको विभिन्न तहमा पुग्ने बेलुनको सहायताले रेडियो उपकरणमार्फत मौसमी सूचना संकलन गरिन्छ’, उनले भनिन्, ‘यसरी प्राप्त हुने सूचना विश्वसनीय र उच्चस्तरीय हुन्छ । यसले मौसम पूर्वानुमानमा ठूलो सहयोग पुर्‍याउँछ ।’ 

Logo