बिरामीलाई म्याद गुज्रिएको औषधि दिएपछि काठमाडौं मेडिकल कलेजमा तोडफोड

बिरामीलाई म्याद गुज्रिएको औषधि दिएपछि काठमाडौं मेडिकल कलेजमा तोडफोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : राजधानीकै एक अस्पतालभित्र रहेको फार्मेसीले म्याद गुज्रेको औषधि बिक्री गर्दा र चिकित्सकले पनि म्यादै नहेरी प्रयोग गरिदिँदा बिरामी बालकको अवस्था गम्भीर बन्न पुगेको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले दुई महिनाअघि नै म्याद गुज्रिसकेको ‘ट्याक्सिन’ नामक औषधि बेचेको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

आइतबार बेलुकी नौ बजे फार्मेसीले दिएको औषधिको म्याद नहेरी चिकित्सकले समेत बिरामी बालकमाथि प्रयोग गरे । झापाका ५ वर्षीय आरुष सुवेदीलाई म्याद गुज्रेको औषधि चलाउँदा उनको अवस्था गम्भीर बनेको हो ।

बालककी आमा सुनिता सुवेदीका अनुसार आरुष एक सातादेखि मेडिकल कलेजमै भर्ना भई उपचाररत छन् । ‘डाक्टरले औषधि लेखिदिनेबित्तिकै किन्न गएँ तर फार्मेसीले म्याद गुज्रिएको औषधि दिएछ,’ सुवेदीले भनिन्, ‘तनावमा हुने भएकाले बिरामीका आफन्तको ध्यान म्याद हेर्नेतर्फ पुग्दैन, मेरो पनि पुगेन । तर डाक्टरले म्यादै नहेरि चलाइदिए ।’ बालकको अवस्था गम्भीर भएपछि आक्रोशित आफन्तले सोमबार अस्पतालमा तोडफोड गरेका छन् ।

Logo