काठमाडौंका मेयरले किने विलासी गाडी

काठमाडौंका मेयरले किने विलासी गाडी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्रमुख र उपप्रमुखका लागि दुई करोडभन्दा बढी मूल्यका गाडी खरिद गरेको छ । महानगरले प्रमुख विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपप्रमुख हरिप्रभा खड्गीलाई ८६ लाख मूल्य पर्ने गाडी खरिद गरेको हो । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रमुख शाक्यले चढ्ने टोयटा कम्पनीको विलासी गाडी महानगरपालिकाको कार्यालयमा आइसकेको छ भने उपप्रमुख खड्गीको गाडी आउन बाँकी छ । महानगरको नयाँ बजेटमा जनप्रतिनिधिको सवारी खरिदका लागि ३ करोड बजेट विनियोजन गरिएको छ ।

महानगरले जनप्रतिनिधिको सुविधामा ६ करोड २५ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । तलब सुविधामा २ करोड १५ लाख, गाडी सुविधाका लागि ३ करोड १० लाख, उपचार सुविधाका लागि २० लाख, पोशाक सुविधाका लागि २० लाख र सल्लाहकार सुविधाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Logo