राससकर्मीलाई ‘देश पत्रकारिता पुरस्कार’

राससकर्मीलाई ‘देश पत्रकारिता पुरस्कार’

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, २३ साउन । राष्ट्रिय समाचार समिति (रासस) का भक्तपुर जिल्ला संवादाता रमेश गिरीलाई ‘देश राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

देश पब्लिकेशन प्रालिद्वारा प्रकाशित ‘देश राष्ट्रिय’ साप्ताहिकको आज आयोजित छैटौँ वार्षिकोत्सव कार्यक्रममा डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा योगदान पु¥याएबापत उहाँलाई राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले रु पाँच हजार ५५५ र सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी र ‘भादगाउँ न्युज’ साप्ताहिकका प्रकाशक एवं प्रधानसम्पादक श्यामसुन्दर बस्नेतलाई सम्मान गरियो । सो अवसरमा समाजसेवी श्रीभक्त कासिछ्वा र बिहानी सहकारी संस्था लिमिटेडलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा आयुक्त पोखरेल र यशोदा तिम्सिनाले नागरिकलाई सूचना प्रवाह गर्ने माध्यम भनेको समाचार माध्यम नै भएकाले यसलाई सशक्त बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालले सत्य र तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्र अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रजिअ द्रोण पोखरेल, देश पब्लिकेशन प्रालिका अध्यक्ष कर्साङ लामा, प्रबन्ध निर्देशक पेशल आचार्य, सम्पादक दिवस गुरागाईंलगायतले पत्रकारिता सूचनाको खम्बा भएकाले यसलाई मजबुत बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । रासस

Logo