आयो टाटा टावेल

आयो टाटा टावेल

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया, २१ साउन । गर्मी महिनामा पुरुषले त टिसर्ट खोलेर हिड्न सक्छन्, तर महिलालाई भने यो कार्य गर्न निकै गाह«ो हुने गरेको छ ।

महिलाहरुको यहि समस्यालाई मध्यनजर गरेर फेसन डिजाइनर एरिन रोबर्टसनले टाटा टावेलको डिजाइन गरेका छन् ।

चर्को गर्मिको बेलामा भन्दा पनि ह्य्मिडिटी बढी भएको बेला प्रयोग गर्न सकिने टाटा टावेल महिलाहरुमा छोटो समयमै लोकप्रिय हुन थालेको छ । हेर्दा अनौठो देखिने यो टावेलले महिलाको स्तनलाई सुख्खा राख्न मद्धत गर्नुका साथै सजिलै लगाउन पनि सकिने किसिमले डिजाइन गरिएको छ ।

यो टावेल पाएको एक महिलाले ट्विटरमा फोटो राखेर अव देखि साता भरनै यसका विभिन्न रंगका डिजाइन लगाउने बताएपछि बजारमा यसको माग ह्वात्तै बढेको हो । करिव ४ हजार ५ सय रुपैंयामा पाईने यो टाटा टावेलको प्रयोग गरेपछि महिलाहरुले सामाजिक संजालमा विभिन्न किसिमका प्रतिक्रियाहरु पोष्ट गरिरहेका छन् । एजेन्सी

Logo