निर्वाचन सफल भएकामा जापानी राजदूत खुशी

निर्वाचन सफल भएकामा जापानी राजदूत खुशी

केन्द्रबिन्दु
0
Shares

विराटनगर, २१ साउन । नेपालस्थित जापानी राजदूत मासासी ओगावाले स्थानीय निर्वाचन सहज ढंगले सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको छ । 

विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उहाँले नेपालमा नयाँ संविधान जारी भएको र यसको कार्यान्वयनबाट नेपालीलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।

जापान र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत ओगावाले नेपालको दोस्रो ठूलो सहर विराटनगरको विकासका लागि केही गरौँ भन्ने सोचाइ रहेको जानकारी गराउनुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाल र जापानबीच सांस्कृतिक सम्बन्ध पनि रहेको चर्चा गर्दै विराटनगरमा खानेपानीको समस्या रहेको र यो समस्यालाई समाधानका लागि जापान सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । 

सांसद डा नारायण खड्काले जापानले नेपालको विकासमा ठूलो साझेदारीको भूमिका निर्वाह गरेको बताउनुभयो । रासस 

Logo