प्रहरी स्कर्टिङसहित पुगेकी रेणु दाहालले मध्यरातमा पैसा बाँडेको देवी ज्ञवालीको आरोप

प्रहरी स्कर्टिङसहित पुगेकी रेणु दाहालले मध्यरातमा पैसा बाँडेको देवी ज्ञवालीको आरोप

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु स‌ंवाददाता । काठमाडौं, २० साउन ।

भरतपुर १९ मा कांग्रेस माओवादी गठबन्धनले पैसा बाँडेर मतदातालाई प्रलोभनमा पारेको आरोप मेयर पदका एमाले उम्मेदवार देवी ज्ञवालीले लगाएका छन् । कायाकैरन डटकममा समाचार छ ।

ज्ञवालीसँग कांग्रेस माओवादी गठबन्धनकी रेणु दाहाल मेयर पदको प्रतिस्पर्धामा छिन् । बिहीबार मध्यराती प्रहरी स्कर्टिङसहित भरतपुर १९ स्थित मिलनचोक पुगेर उनले पैसा बाँडेको देवीको आरोप छ ।

यसअघि मतपत्र च्यातिएपछि निर्वाचन आयोगले भरतपुर १९ मा पुन मतदान गर्ने निर्णय गरेको थियो । निर्वाचनको आयोगको निर्णय विरुद्ध एमालेले अदालतमा मुद्दा दायर गरेपनि अदालतको फैसलाले आयोगकै निर्णय सदर गरेपछि एमाले चुनावमा होमिएको हो ।

वर्षाका बाबजुद आज १९ नम्बर वडामा उल्लेख्य संख्यामा मतदाताहरुले मत खसालिरहेका छन् । भरतपुर महानगरपालिकाको अध्यक्षको उम्मेदवार चयन गर्न यस वडाको मत निर्णायक हुनेछ ।

Logo