कक्षा १२ को विज्ञान स‌ंकायको नतिजा सार्वजनिक, ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को विज्ञान स‌ंकायको नतिजा सार्वजनिक, ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण

केन्द्रबिन्दु
0
Shares

 काठमाडौं : गत वैशाखमा भएको कक्षा १२ को विज्ञान संकायको परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाफल सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ।  ४४ हजार ८ सय ९७ जना सहभागी भएकोमध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी उत्तीर्ण भएका छन् । १७ जनाको परीक्षा रद्द भएको थियो ।

त्यस्तै आंशिकतर्फ ४३.५९ प्रतशित विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ९ हजार ४ सय ८९ जना सहभागी भएकोमा ४ हजार १ सय ३७ जना उत्तीर्ण भएका छन् । ३ जनाको परीक्षा रद्द भएको थियो ।

यस वर्षको कक्षा १२ लाई एसएलसीई नामाकरण गरिएको छ । शिक्षा ऐन संशोधन भएपछि परिमार्जित संरचनामा पहिलो पटक नतिजा प्रकाशित भएको हो ।

Logo