भोजपुर, १७ साउन । साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ ।  

भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको होे । "/>

भोजपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

भोजपुर, १७ साउन । साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । 

भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको होे । 

विशेषगरी असारमा धान रोपाइँं गरिने भए तापनि कतिपय ठाउँमा साउनमा तौलिया धान निकालेपछि रोपाइँ गरिने भएकाले पनि कम रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका प्राविधिक सहायक युकमणि भट्टराईले बताउनुभयो । 

भोजपुरमा ६२ हजार २९२ हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार १९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोे छ । जिल्लाको देउराली, टक्सार, बोखिम, मूलपानीलगायत क्षेत्रलाई पकेट क्षेत्र मानिएको छ । 

कृषि विकास कार्यालय भोजपुरले धान उत्पादनमा टेवा पुर्या‍‍उनका लागि उन्नत जातका धानको बीउ एक हजार किलो वितरण गरेको थियो । 

कार्यालयका अनुसार भोजपुरमा गत वर्ष ९५ प्रतिशत रोपाइँ भएको थियो । खेतीयोग्य जमिनमा आकाशे पानीको भर पर्नुपर्ने भएकाले वर्षाले साथ दिए ९० प्रतिशतभन्दा बढी रोपाइँ हुने कार्यालयले जनाएको छ । यहाँका कृषकले अट्टे, थापाचिनी, तौलिया, बेलबुटी, बासमती, मनसारालगायत जातका धान रोप्दै आएका छन् । रासस 

Logo