दाङ, १७ साउन । दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ ।  

राप्ती गाउँपालिका–१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ । "/>

सिँचाइको बाँधमा शव फेला

सिँचाइको बाँधमा शव फेला

केन्द्रबिन्दु
0
Shares

दाङ, १७ साउन । दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ । 

राप्ती गाउँपालिका–१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ । महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन । 

अन्दाजी २५ देखि ३० वर्ष उमेरको पाँच फिट एक इञ्च उचाई भएकी महिलाको बायाँ हातको माझी औँलामा पहेँलो औँठी, साइँली औँलामा फलामको औँठी, नाकमा फूली, दाहिने खुट्टामा मोसो भएको, बायाँ हातमा पालिस लगाएको देखिन्छ । 

साथै, दाहिने हातमा यमाकला लेखी खोपेको, मंगोलियन समुदायको जस्तो देखिने महिलाको हुलिया भएकाले चिन्नुहुने व्यक्तिले सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ । रासस 

Logo