प्रदेश नम्बर २ को स्थानीय निर्वाचन, यस्तो छ ठूला ३ दलको रणनीति

प्रदेश नम्बर २ को स्थानीय निर्वाचन, यस्तो छ ठूला ३ दलको रणनीति

केन्द्रबिन्दु
0
Shares

काठमाडौ : प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय निर्वाचनलाई प्रमुख तीन राजनीतिक दलसहित राष्ट्रिय जनशक्ति पार्टीले प्रतिष्ठाको विषय बनाएका छन् । मधेशकेन्द्रित दलहरूको बाहुल्य रहेको विश्वास गरिएको प्रदेश नम्बर २ मा बलियो उपस्थिति बनाउन लागिपरेका सत्तारुढ कांग्रस र माओवादी केन्द्र सकेसम्म तालमेल रणनीतिमार्फत ‘जो जहाँ बलियो त्यहाँ उसैलाई नेतृत्व’ रणनीतिमा अघि बढेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

कांग्रेस प्रदेश नम्बर २ मा विगतमा गुमाएको बिरासत जोगाएर एमालेलाई उछिन्ने रणनीतिमा छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा लक्ष्यअनुसार परिणाम प्राप्त गर्न नसकेपछि आफ्नो बिरासत रहेको मधेसमा दाउ उल्टाउने रणनीतिका साथ अघि बढेको छ।

पहिलो र दोस्रो चरणको निर्वाचनको परिणामा भएको क्षतिलाई समेत पूर्ति हुनेगरी परिणाम निकाल्ने उसको एकमात्र ध्येय छ । प्रतिपक्षी दल एमाले तराई–मधेशमा आफूलाई लाग्दै आएको आरोप पखाल्ने रणनीतिका साथ अघि बढेको छ । यसका लागि प्रमुख नेताहरू गाउँगाउँमा जनताबीच पुगिरहेका छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल बारा, पर्सा र रौतहटका विभिन्न गाउँमा पुगेर कार्यकर्तालाई हौस्याइरहेका छन् । माओवादी केन्द्र भने आफ्नो कमजोर उपस्थितिलार्य दरिलो पार्ने रणनीतिसहित पार्टी परिचालन, तालमेल, प्रचारसँगै ‘फकाउने र गलाउने’ नीतिका साथ लागिपरेको छ।

हालै बसेको पार्टी सचिवालय बैठकमा ४० सिट जित्न सकिने आँकलनसहिन सिंगो शक्ति प्रदेश नम्बर २ मा परिचालित हुने निर्णय गरेको छ ।  

Logo