जहाँ ७० प्रतिसत युवतीले बिवाह गर्न पाएका छैनन्

जहाँ ७० प्रतिसत युवतीले बिवाह गर्न पाएका छैनन्

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १६ साउन ।

अक्सर महिला र पुरुषको संख्या सराबरी हुँदैन । यद्यपी बिहेवारी चलेकै हुन्छ । खोज्नेले बर/बधु पाएकै हुन्छ । तर, यस्तो पनि मुलुक छ, जहाँका थुप्रै युवतीहरु पार्टनरविहिन छन् । अर्थात्, चाहेर पनि उनीहरुले पार्टनर फेला पार्न सकेका छैनन् ।

यो कथा हो, सीरियाको । के भनिन्छ भने, यस मुलुकका ७० प्रतिशत महिला पार्टनरका पर्खाइमा छन् । उनीहरुले बिवाह गर्न पाएका छैनन् । किन ?
किनभने, त्यो मुलुकमा पुरुषको संख्या अत्यन्तै न्युन छ ।

थाहा भएकै कुरा हो, यो मुलुक गृहयुद्धमा फसेको छ । हट्टाकट्टा जवान युद्धमा होमिएका छन् । उमेर पुगेका युवाहरु पाउँनै मुश्किल छ । कतिले युद्धमा ज्यान गुमाएका छन्, कति देश छाडेर भागेका छन् । यसको सोझो असर परेको छ, बिहे गर्ने उमेर पुगेका युवतीहरुलाई ।

पुरुषको अनुपातमा महिलाको संख्या बढ्दै गएपछि त्यसले सामाजिक विच्छृखंलता समेत निम्त्याउने खतरा बढेर गएको छ । कतिसम्म भने, त्यहाँका लोग्नेमान्छेहरु आफुभन्दा आधा कम उमेरका महिलासँग बिवाह गरि पुन अर्की युवतीसँग पनि सम्बन्ध राख्छन् ।

महिलाहरुले आफ्नो ‘सेक्सुअल डिजायर’ पुरा गर्ने पुरुष समेत पाउन छाडेका छन् । जबकी पुरुषहरु आर्थिक अभावको कारण बिवाह गर्न र सन्तान जन्माउन असमर्थ छन् । १९८० देखि १९९० को बीचमा जन्मिएका युवाहरुको पुरै पुस्ता मासिएका छन् ।

 

Logo